पुलिसकर्मीको सहयोगले छात्र परीक्षामा सामेल हुन सके
पुलिसकर्मीको सहयोगले छात्र परीक्षामा सामेल हुन सके


कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। ब्यारकपुर पुलिस कमिश्नरेटको मानवीय पहल शुक्रवार एकजना छात्रको निम्ति सञ्जीवनी साबित भयो। उच्च माध्यमिकको अकाउण्टेन्सी परीक्षामा सामेल हुन गइरहेका बेलघरिया हाईस्कूलका छात्र शुभ्रम सरकार एडमिट कार्ड बिनै परीक्षा केन्द्रमा पुगे। केन्द्रमा पुगेपछि मात्र आफूले एडमिट भुलेको उसलाई थाहा भयो। त्यसपछि बाहिर निक्लेर शुभ्रमले सहयोग मागे।

सामु तैनाथ डनलप ट्राफिक गार्डका होमगार्ड मानु अन्सारीले अलकित पनि ढिल्याई नगरी छात्रको समस्या सुने अनि तुरून्त आफ्नो मोटरसाइकलमा छात्रलाई उसको घरमा पुऱ्याइदिए। त्यहाँबाट एडमिट कार्ड लिएर छात्रलाई समयमै परीक्षा केन्द्रमा छोड़िदिए।

यसरी पुलिसकर्मीको तत्परता अनि सहयोगले छात्रले ढिलो नगरी परीक्षा दिन सके। ब्यारकपुर पुलिस कमिश्नरेटको तर्फबाट बताइयो, मानु अन्सारीको यस सराहनीय कदमप्रति विभागले उनलाई साधुवाद दिएको छ। यो घटना पुलिसको संवेदनशीलताको परिचायक मात्र नभएर समाजमा भरोसाको नयाँ उदाहरण पनि पेश गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande