पैह्रोले सडक बाधित, दुईवटा घरलाई क्षति, सभासद श्याम शेर्पाले गरे निरीक्षण भ्रमण
पैह्रोले सडक बाधित, दुईवटा घरलाई क्षति, सभासद श्याम शेर्पाले गरे निरीक्षण भ्रमण


खरसाङ, 12 सेप्टेम्बर (हि.स.)। खरसाङको वार्ड नम्बर 6 मा नयाँ बस्ती र हनुमान डाँडा जाने रोडमा पैह्रो गएर बाटो बाधित बनेको छ। खरसाङ कलेज मास्तिर रहेको एउटा निजी स्कूल नजिक नयाँ बस्ती र हनुमानको मूर्तितिर जाने रोड आज दिउँसो परेको पानीले पैह्रो गएर बन्द भएको छ।

पैह्रोले स्थानीय विकास छेत्री र छिरिङ तामाङको घर क्षतिग्रस्त भएको जानकारी क्षेत्रीय सभासद श्याम शेर्पाले दिएका छन्। सभासद शेर्पाले घटनास्थलमा पुगेर निरीक्षण गरेका छन्। उनले तत्कालै खरसाङ नगरपालिका, खरसाङ इञ्जिनियरिङ विभाग, सम्बन्धित विभाग र विभागीय अधिकारीहरुलाई जानकारी गराए।

यसका साथै सभासद श्याम शेर्पाको सक्रियतामा तत्काल पैह्रो रोकथामको लागि पहल भए तापनि आपतकालीन अवस्थाको लागि मानिसहरु हिँड्न सक्ने बाटो खोलाएको बताइएको छ। सभासद र्पाले पैह्रो गएपछि स्थानीयहरुले तत्काल सम्बन्धित विभागलाई सूचना दिएको, तर कुनै पहल नभएको बताए। उनले पैह्रो गएर 3-4 घण्टा रोड बाधित हुँदा पनि सम्बन्धित विभागका अधिकारीहरूले ध्यान नदिएको आरोप पनि लगाए।

उनले पैह्रो गएको ठाउॅंमा अहिले मानिसहरु ओहोर दोहोर गर्न सक्ने बाटो खोलाएको बताए। उनले यही बाटो भएर नयाँ बस्ती, हनुमान डाँडा क्षेत्र, टीभी सेनिटोरियम पु​ग्न सकिन्छ भन्दै यस बाधित रोड खोलाउन झट्टै काम गर्नुपर्ने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande