मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई
मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई


गान्तोक, 12 सेप्टेम्बर (हि.स.)। सीपी राधाकृष्णनले आज देशका 15औं उपराष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले नवनियुक्त उपराष्ट्रपति सीपी राधाकृष्णनलाई हार्दिक बधाई दिएका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उपराष्ट्रपति राधाकृष्णनलाई सिक्किमका जनता र सिक्किम सरकारको तर्फबाट सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले नवनियुक्त उपरा​ष्ट्रपतिको सम्मानित नेतृत्वमा हाम्रो महान राष्ट्रले प्रगति, एकता र समावेशी विकासको नयाँ कोसेढुङ्गाहरू हासिल गर्नेछ, जसले लोकतन्त्र र राष्ट्रिय सद्भावका स्तम्भहरूलाई अझ बलियो बनाउनेछ भनी विश्वास व्यक्त गरेका छन्।

शपथ ग्रहण समारोहमा उपस्थित हुन आफूलाई पनि निमन्त्रणा दिएको उल्लेख गर्दै उनले निमन्त्रणाको लागि हार्दिक आभार व्यक्त गरेका छन्। यद्यपि, आफ्नो आधिकारिक व्यस्तताका कारण आफू व्यक्तिगत रूपमा समारोहमा उपस्थित हुन नसकेको पनि उनले बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande