औरैया, 13 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको औरैया जिल्लाको बिधूना कोतवाली पुलिसले एक 14 वर्षीय किशोरीको साथ दुष्कर्मको मामिला दर्ता गरेको छ। पीड़िताको पेटमा चार महिनाको गर्भ पाइएपछि यो मामिला प्रकाशमा आयो।
पीड़िताकी आमाले पुलिसलाई बताइन्, उनकी छोरीको पेट सुन्निएको देखेर सोद्धा छोरीले बताई कि चार-पाँच महिना अगाड़ी खेतबाट फर्किने क्रममा गाउँकै 70 वर्षीय विशम्भर दयालले उसलाई आफ्नो घर बोलायो र आरोपीले प्रसादको बहाना केही खुवाएर उसको साथ दुष्कर्म गऱ्यो। आरोपीले पीड़िता र उसको परिवारलाई ज्यानले मार्ने धम्की दिएको थियो, यसले गर्दा किशोरी अहिलेसम्म मौन रहिन्। गर्भावस्थाको पुष्टि हुँदा उसले आफ्नी आमालाई पूरा घटना बताइन्।
बिधूना कोतवाली प्रभारी मुकेश बाबू चौहानले बताए, पीड़िताकी आमाले विशम्भर दयाल विरूद्ध मामिला दर्ता गराएकी छन्। पुलिसले पीड़ितालाई मेडिकल परीक्षणको निम्ति जिल्ला अस्पताल पठाएको छ, आरोपीलाई समाउन पुलिस टीम खटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी