बालुरघाट, 13 सेप्टेम्बर (हि.स.)। मात्र दुई सातापछि शुरू भइरहेको बंगालको सबैभन्दा ठूलो सांस्कृतिक-धार्मिक आयोजन दुर्गा पूजालाई शान्तिपूर्ण एवं सुरक्षित रूपमा सम्पन्न गराउनको लागि बालुरघाट जिल्ला प्रशासन अनि पुलिसले कड़ा दिशानिर्देश जारी गरेको छ। विशेष गरी प्रतिमा विसर्जनलाई लिएर यसपालि कड़ा नियम लागू हुनेछ ताकि कुनै पनि प्रकारको दुर्घटनालाई टार्न सकियोस्।
अतिरिक्त पुलिस अधीक्षक कार्तिक चन्द्र मण्डलले बताए, “दुर्गा प्रतिमाको विसर्जन जताततै गर्न सकिनेछैन। प्रशासनद्वारा चिन्हित नदी एवं तलाउमा मात्र प्रतिमा विसर्जन हुनेछ। पछिल्लो पटक विसर्जन अवधि दुर्घटना भएको थियो। त्यसैले यसपालि चिन्हित स्थानहरूमा मात्र विसर्जन गर्ने अनुमति दिने तय गरिएको छ। साथै पौड़िन नजान्ने कुनै पनि व्यक्तिलाई विसर्जनको लागि जलाशयमा जाने अनुमति दिइनेछैन। हाम्रो लक्ष्य यति मात्र हो कि पूजाको कारण कुनै अप्रिय घटना नघटोस्।”
बितेको शुक्रवार साँझ बालुरघाट जिल्ला प्रशासनिक भवन परिर स्थित ‘बालु-छाया’ सभागारमा आयोजित समन्वय बैठकमा जिल्ला शासक बिजिन कृष्णा, पुलिस अधीक्षक चिन्मय मित्तल, जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. सुदीप दास, एसडीपीओ दीपाञ्जन भट्टचार्य समेत अन्य अधिकारीहरू उपस्थित थिए। बैठकमा अग्निशमन र विद्युत विभागीय कर्मचारीहरू पनि सामेल थिए। यस अवसरमा पूजा आयोजकहरूलाई सरकारी वित्तीय अनुदानको चेक सुम्पिइयो।
प्रशासनले स्पष्ट पाऱ्यो, सम्पूर्ण जिल्लामा डीजे पूर्ण रूपले प्रतिबन्धित रहनेछ साथै सबै क्लबहरूले प्रशासनिक दिशानिर्देशको पालना गर्नुपर्नेछ। यसपालि जिल्लाभरिका मोठ 561 पूजा आयोजकहरूलाई आर्थिक अनुदान प्रदान गरिरहेको छ। वर्षायाम पूर्ण रूपमा समाप्त नभएको कारणले डेंगू-नियन्त्रण अन्तर्गत मण्डप प्रांगणको विशेष सफाई गर्ने निर्देश पनि दिइएको छ। दुर्गा पूजा अवधि जिल्लाभरि नै लगभग सात हजार पुलिसकर्मीहरूलाई तैनाथ गरिनेछ। भीड़ नियन्त्रण एवं ट्राफिक व्यवस्थाको लागि बालुरघाट शहरमा टोटो वाहनहरूको विशेष मार्ग तय गरिनेछ ताकि दर्शकहरूलाई सुगमताले पूजा दर्शन गर्न अवसर मिलोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा