औरैया, 13 सेप्टेम्बर (हि. स.)। उत्तर प्रदेशको औरैया जिल्लाको बिधूना खण्ड अधिनस्थ एरवाकटरा थाना क्षेत्रमा एउटा अमानवीय घटना घटेको प्रकाशमा आएको छ। यहाँको दोबामाफी गाउँमा बस्ने नेत्रहीन बिदुई महिला रीताले खण्ड प्रशासन तथा पुलिससित न्यायको निम्ति गुहार मागेकी छन्। पीड़िताको आरोप छ, गाउँका लेखपाल र उसका साथीहरूले औषधि दिलाउने बहानामा तिनलाई खण्डमा लगेर तिनको घर र जमीनको कागज-पत्रमा औंलीको छाप लगाएर धोकाले जमीनलाई आफ्नो नाममा पारे।
रीता जन्मजात नेत्रहीन हुन्। हालैमा तिनको पति सर्वेशको निधन भइसकेको छ जसले गर्दा यो परिवार पहिलाबाटै ठूलो पीड़ामा परेको छ। रीताको एकमात्र सहारा तिनको पांच वर्षीय छोरा हो। पीड़िताले बताइन्, गत 10 सेप्टेम्बरको दिन गाउँका लेखपाल तथा अन्य केही मानिसहरूले तिनलाई खण्डमा लिएर गए। बहाना औषधि दिलाउने बनाइयो, तर त्यहाँ जमीन र घरसित सम्बन्धित कागजपत्रमा औंलीको छाप लगाएर उनीहरूको नाममा बैना गराइयो।
मामिला त्यसबेला उजागर भयो जतिबेला गए शुक्रवार परिवारलाई यस धोकाधड़ीको जानकारी प्राप्त भयो। त्यसपछि रीता आफ्नि बहिनी अनिता र भतिजी शिवासित थाना एरवाकटरा पुगिन्। थानामा तिनले जमीन हड़पेको आरोप मात्र लगाइन जबकि तिनको छोरा वर्तमानमा आरोपीहरूसित रहेको आरोप पनि लगाइन्।
पुलिसले मामिलालाई गम्भीर लिँदै महिलालाई सुझाउ दियो, तिनले खण्डमा लिखित सिकायत दर्ता गरी बैना रद्द गराउन्। त्यसपछि पीड़िताले खण्ड बिधूनामा पुगेर अधिकारीहरूसित गुहार मागिन्। खण्ड प्रशासनले जाँच गर्ने आश्वासन दिएको छ र सम्पूर्ण मामिलाको अनुसन्धान गर्ने भनेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा