भाद्र महिनाको सांस्कृतिक एवं आध्यात्मिक महत्वको मुख्यमन्त्रीेल गरे गुणगान
भाद्र महिनाको सांस्कृतिक एवं आध्यात्मिक महत्वको मुख्यमन्त्रीेल गरे गुणगान


गुवाहाटी (असम), 13 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, भदौ महिनाको देशको सांस्कृतिक एवं आध्यात्मिक जीवनमा विशेष महत्व छ। उनले भने, यस महिनालाई भगवान श्रीकृष्ण जन्माष्टमी तथा महापुरूषद्वय श्रीमन्त शंकरदेव र माधवदेवको पुण्य तिथिले थप पवित्र बनाउँछ।

बितेको शुक्रवार महापुरुष माधवदेवको पुण्य तिथिमा नलबाड़ीस्थित श्रीश्री हरि मन्दिर प्रांगणमा सात हजारभन्दा अधिक महिला श्रद्धालुहरूले दिहा नाम- को आयोजन गरे। मुख्यमन्त्रीले यसलाई गहन सौन्दर्यपूर्ण तथा आध्यात्मिक दृश्य बताए। डा. सरमाले दुवै महापुरूषहरूको चरणमा कृतज्ञता व्यक्त गर्दै नाम-प्रसंगको माध्यमबाट आफ्नो श्रद्धा अर्पण गरे। उनले भने, यो असमिया समाजको गहिरो आस्था एवं सांस्कृतिक जराहरूको प्रतीक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande