कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। आनन्दपुरको गुलशन कलोनी क्षेत्रमा खुला रूपमा हतियार देखाएको मामिलामा पुलिसले अहिलेसम्ममा चार जना मानिसहरूलाई पक्राउ गरिसकेको छ। तर यस सम्पूर्ण घटनाक्रमको कथित मुख्य आरोपी ‘मिनी फिरोज’-लाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन।
स्थानीय मानिसहरू अऩुसार गत बिहीवार साँझ गुलशन कलोनीको अटो स्ट्याण्डमा केही उपद्रवीहरूले व्यापक उपद्रव मच्चाए। आरोप छ, उपद्रवीहरू भीड़भाड़ भएको सड़कमा हतियार लहराउँदै घुमिरहेका थिए। मानिसहरू यति धेरै डराएका थिए कि सम्पूर्ण क्षेत्रको वातावारण सुनसान भयो।
यस मामिलामा पुलिसले पहिला नै गए शुक्रवार राति मोहम्मद अम्बर उपनाम मोहम्मद नाफ़िसलाई उसको घरबाटै पक्राउ गरेको छ जसबाट अहिलेसम्ममा पक्रा पर्ने आरोपीहरूको संख्या बढ़ेर चार पुगेको छ।
सम्पूर्ण मामिलामा क्षेत्रका मानिसहरूले ‘मिनी फिरोज’- को नामलाई सामु ल्याएका छन्। आरोप छ, उसले राजनीतिक संरक्षण पाएर यस किसिमका घटनाहरूलाई परिणाम दिरहेका छन्। तथापि पुलिस अहिलेसम्म उसलाई पक्राउ गर्न असफल भएको छ। यसैलाई लिएर राजनीतिक आरोप-प्रत्यारोप शुरू भएको छ।
विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले घटनाको सीसीटीभी फुटेज सोशल मीडियामा साझा गर्दै पुलिस प्रशासनलाई कठघरामा उभ्याएका छन्। अर्कोतिर तृणमूल कंग्रेसका प्रवक्ता अरूप चक्रवर्तीले भने, ‘‘जसमाथि आरोप लागेको थियो, तिनीहरूलाई पुलिसले पक्राउ गरिसकेको छ भने केही आरोपीहरूको खोजी जारी छ। पार्टीले यस सम्पूर्ण घटनाक्रमको निन्दा गर्दछ।’’
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा