बरपेटामा हेरोइन समेत ड्रग्स तस्कर पक्राउ
बरपेटामा हेरोइन समेत ड्रग्स तस्कर पक्राउ


बरपेटा (असम), 13 सेप्टेम्बर (हि.स.)। बरपेटा रोड शहरमा पुलिसले ड्रग्स विरोधी व्यापक अभियान संचालन गरी प्रचुर मात्रामा प्रतिबन्धित हेरोइन सहित एक जना ड्रग्स तस्करलाई पक्राउ गरेको छ।

ड्रग्स तस्करको पहिचान अतोवार अलीको रूपमा गरिएको छ। बरपेटा रोड पुलिसले गए राती ड्रग्सको प्याकेट सहित ड्रग्स भर्नको लागि प्रयोग गरिने केही खाली कन्टनेरहरू पनि जफत गऱ्यो।

अतोवार अली नामक ड्रग्स तस्करले बरपेटा रोड शहरमा लामो समयदेखिकै नशाको कारबार गर्दै आइरहेको थियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande