कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले मतुआ समुदायसित सम्बन्धित आफ्नो विवादित बयानलाई लिएर पार्टीभित्र एवं बाहिर कड़ा आलोचना भइरहेको भए पनि आफ्नो कदमलाई पछि सार्न अस्वीकार गरिदिइन्। नदिया जिल्लाको कृष्णानगर लोकसभा सीटबाट सांसद मोइत्राले गए शुक्रवार राति आफ्नो एक भीडियो सन्देशमा भनिन्, उनको बयानलाई भाजपाले सुनियोजित ढंगमा गलत रूपमा पेश गरिरहेको छ।
हालैमा कृष्णानगरमा आयोजित एक सार्वजनिक सभामा महुआले मतुआ समुदायको राजनीतिक स्वरूपमाथि टिप्पणी गरेकी थिइन्। उनले भनेकी थिइन्, सालभरि तृणमूल कंग्रेसको साथमा रहन्छ, योजना एवं भत्ता लिन्छ, तर चुनाउ आउनसाथ पारम्परिक हिन्दू बन्दछ। काम चाहिँदा, सड़क चाहिँदा ममता ब्यानर्जीको सम्झना आउँछ। यस बयानको भीडियो भाइरल भएपछि राज्यको राजनीतिमा खैलाबैला मचिएको थियो। तृणमूल कंग्रेसकै वरिष्ठ नेता ममता बाला ठाकुरले मतुआ महासंघको नेतृत्वमा महुआ विरूद्ध एफआईआर दर्ता गराएकी छन्।
यसमाथि स्पष्टिकरण दिँदै मोइत्राले भनिन्, मेरो बयानलाई आफ्नो पक्षमा सच्चाएर पेश गरिँदैछ। साँचो कुरा के हो भने तृणमूल कंग्रेसलाई बनगाउँ र रानाघाट जस्तो मतुआ बहुल लोकसभा सीटमा दुई-दुई पटक हारको सामना गर्नुपऱ्यो। तथापि राज्य सरकारले त्यहाँको विकास कार्यलोई रोकेको छैन। अर्कोतिर भाजपाले पश्चिम बंगालमा हारको सामना गरेपछि केन्द्रिय योजनाहरूको फण्डलाई रोकिदिएको छ। मेरो आशय यही थियो।
स्मरण गराइन्छ, बनगाउँ (उत्तर 24 परगना) र रानाघाट (नदिया) दुवै लोकसभा सीटमा मतुआ समुदायको वर्चस्व छ र पछिल्लो वर्ष 2019-2024-को दुवै चुनाउमा भाजपाले यहाँ जीत दर्ता गरेको थियो।
यसबीच अल इण्डिया मतुआ महासंघको कानूनी शाखा जसको अगुवाई तृणमूल कंग्रेसकी राज्यसभा सदस्य ममता बाला ठाकुरले गरिरहेकी छन्,-ले यस मामिलामा हरिनगर थानामा महुआ मोइत्रा विरूद्ध एफआईआर दर्ता गराएकी छन्। यसपूर्व महासंघले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखी माग गरेको थियो, मोइत्राले सार्वजनिक रूपमा माफी मागुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा