कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा जति-जति विधानसभा चुनाउ नजिकिँदै गइरहेको छ उति-उति राजनीतिक गतिविधि पनि तीव्र हुँदै गइरहेको छ। कुचबिहार जिल्ला तृणमूल कंग्रेस नेतृत्वले दुर्गा पूजालाई जनतासित जोड़िने माध्यम बनाउने रणनीति बनाएको छ। यसपालि राज्य सरकारको पक्षबाट हरेक क्लबलाई 01 लाख 10 हजार रुपियाँ सहायता राशि दिइएको छ। यस अतिरिक्त कुचबिहार जिल्लाका केही क्लबहरूलाई भिन्नै चन्दा दिने योजना पनि बनाइएको छ।
जानकारी अनुसार कुचबिहार दक्षिण विधानसभा क्षेत्रका न्यूनतम दुई सय वटा क्बलहरूलाई पार्टीको पक्षबाट ‘सहायता’ दिइनेछ। पार्टी सूत्रको भनाइ छ, यी क्लबहरूको सहयोगबाट शासक दलले दुर्गा पूजाको अवसरमा शोभायात्रा मात्र आयोजना गर्नेछैन जबकि आगमनी उत्सव-को माध्यमबाट पनि कार्यकर्ता अनि जनतालाई जोड़्ने चेष्टा गरिनेछ।
राजनीतिक जानकारहरूको मान्यता छ, पछिल्लो विधानसभा चुनाउमा यससीटमा तृणमूल र भाजपाबीच कड़ा प्रतिस्पर्धा भएको थियो र अऩ्तमा भाजपा उम्मेद्वारले जीत दर्ता गराएका थिए। यसपालि तृणमूलले यस सीटलाई कब्जा गर्नको लागि पूर्ण शक्ति खन्याइरहेको छ। त्यसैले सामाजिक, सांस्कृतिक आयोजनहरूको माध्यमबाट मानिसहरूसम्म पहुँच बढ़ाउने पहल गरिँदैछ।
तृणमूल कंग्रेसले आगामी 16 सेप्टेम्बरको दिन कुचबिहार शहरमा मुख्यमन्त्रीलाई धन्यवाद दिँदै एक शोभायात्रा निकाल्ने योजना बनाएको छ। यो कार्यक्रमपछि क्लबहरूलाई चन्दा दिइनेछ। यसको लागि हरेक क्लबलाई आ-आफ्नो ब्यानर लगाउन भनिएको छ। पार्टीका क्षेत्रीय अध्यक्ष एवं बूथ स्तरका नेताहरूलाई क्लब प्रबन्धन समितिसित सम्पर्क गरेर सूची तयार गर्ने जिम्मा सुम्पिइएको छ।
यसपूर्व शनिवार कुचबिहारको उत्सव अडिटोरियममा आगमनी उत्सव आयोजना भइरहेको छ। यसमा क्लब समितिका अध्यक्ष एवं सचिवहरूलाई डाकिएको छ। कार्यक्रममा पार्टी नेताहरूको पक्षबाट उनीहरूसित सम्वाद गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा