नयाँ दिल्ली, 14 सेप्टेम्बर (हि.स.)। बाहिरी उत्तरी जिल्लाको समायपुर बदलीस्थित मुकरबा चौक फ्लाइओभरबाट आइतवार बिहान एउटा कार रेलिंग भत्काउँदै रेलवे ट्र्याकमा झऱ्यो। दुर्घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेर पुलिसले क्रेनको माध्यमबाट कारलाई ट्र्याकबाट हटायो।
पुलिस मुताविक कार चालकको पहिचान प्रताप विहार रेलवे कलोनी गजियाबाद निवासी सचिन चौधरी (35)-को रूपमा भएको छ। यस घटनामा चालकलाई पनि सामान्य चोट लागेको छ। जाँचबुझमा चालकले बतायो, पिरागढ़ीदेखि गजियाबादतर्फ जाने क्रममा सन्तुलन बिग्रिएर कार रिंग रोडको किनार पर्खालमा ठोक्किएर रेलिंग भत्काउँदै तल रेलवे ट्र्याकमा झऱ्यो।
पुलिस अधिकारी अनुसार यस अवधि घटनास्थलबाट एउटा नीलो रंगको पल्सर बाइकलाई पनि बेवारिसे अवस्थामा भेटियो। पुलिसले स्पष्ट पारेको छ, बाइक र कारको घटना आपस्तमा जोड़िएको छैन। बाइक मालिकको पत्तो लगाइँदैछ। हाल पुलिसले दुवै घटनालाई भिन्न-भिन्न मानेर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा