गान्तोक, 14 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार बिहान कालेबुङको पवित्र श्री कृष्ण प्रणामी मन्दिर, मङ्गल धामको भ्रमण गरे। उनले सिक्किम र सिक्किमका जनताको लागि मन्दिरमा भगवान श्री कृष्णसॅंग शान्ति, कल्याण र समृद्धिको नाम प्रार्थना गरे।
मुख्यमन्त्रीले राज्यको प्रगति र सद्भावको मार्ग निर्देशित गर्न आध्यात्मिक शक्तिको महत्त्वमा जोड दिँदै भने, 'भगवान कृष्टको दिव्य आशीर्वाद सदैव हामीमाथि रहिरहोस्।'
हिन्दुस्थान समाचार / बिशाल