डोडामा एक सप्ताहको निलम्बनपछि ब्रडब्याण्ड इन्टरनेट सेवा बहाल
डोडामा एक सप्ताहको निलम्बनपछि ब्रडब्याण्ड इन्टरनेट सेवा बहाल


डोडा, 14 सेप्टेम्बर (हि.स.)। आइतवार जम्मू-कश्मीरको डोडा जिल्लामा ब्रडब्याण्ड इन्टरनेट सेवा बहाल गरिएको छ जहाँ सार्वजनिक सुरक्षा अधिनियम अन्तर्गत आआप विधायक मेहराज मलिकलाई हिरासत लिइएपछि लगभग एक सप्ताहसम्म इन्टरनेट सेवामाथि प्रतिबन्ध लगाइएको थियो।

मलिक जो आआपका जम्मू-कश्मीर एकाईका अध्यक्ष पनि हुन्,- लाई जिल्लाको सार्वजनिक व्यवस्थामा अशान्ति सृजना गरेको आरोपमा गत 8 सेप्टेम्बरको दिन हिरासतमा लिइएको थियो। उनलाई हिरासतमा लिइएपछि क्षेत्रमा हिंसक विरोध प्रदर्शन भयो जसपश्चात अधिकारीहरूले निषेधाज्ञा प्रतिबन्ध लागू गरिदिए साथै मोबाइल इन्टरनेट र ब्रडब्याण्डसेवालाई पनि बन्द गरिदिए।

पुलिस उपमहानिरीक्षक डोडा-किश्तवाड़-रामबन रेञ्ज श्रीधर पाटिल सहित उपायुक्त, डोडा हरविन्दर सिंह औ वरिष्ठ पुलिस अधीक्षक, सन्दीप कुमार मेहताले व्यापारी एवं ट्रान्सपोर्टरहरूका प्रतिनिधिहरू सहित नागरिक समाजका सदस्यहरूसित बैठक गरे जसपश्चात गएशनिवार अपरान्हदेखि 6 घण्टाको लागि मानिसहरूको आवत-जावतमा केही छुट दिइयो। अधिकारीहरूले भने, प्रतिनिधिहरूलाई आश्वासन दिइएको छ कि प्रतिबन्धमा तुरून्त छुट दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande