भुवनेश्वर, 14 सेप्टेम्बर (हि.स.)। ओडिशा विधानसभामा विपक्षका नेता नवीन पटनायकले महिला एशिया कप- 2025 को फाइनलमा स्थान ओगट्न सफल भएकोमा भारतीय हकी टीमलाई बधाई दिएका छन्।
गए शनिवार सुपर-4 चरणमा पछिल्लो च्याम्पियन जापानविरूद्ध 1-1 ले ड्र खेल्दै भारतीय टीम फाइनलमा प्रवेश गऱ्यो। यस उपलब्धिको निम्ति पटनायकले सोशल मीडियामा लेखे, टीमले बेजोड़ प्रदर्शन गर्दै इतिहास रचेको छ। उनले आशा व्यक्त गरे, भारतीय महिला हकी टीमले जीतको लयलाई कायम राख्दै खिताबलाई आफ्नो नाममा पार्नेछ। पटनायकले टीमलाई फाइनल खेलको निम्ति शुभकामना पनि दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा