एसएससी परीक्षापूर्व बाफियो राजनीति, जाली प्रश्नपत्रलाई लिएर आरोप-प्रत्यारोप तीव्र
एसएससी परीक्षापूर्व बाफियो राजनीति, जाली प्रश्नपत्रलाई लिएर आरोप-प्रत्यारोप तीव्र


कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। स्कूल सर्भिस कमिशन (एसएससी)- को कक्षा 11 र 12 को लागि शिक्षक भर्ती परीक्षा आइतवार भइरहेको छ। परीक्षा शुरू हुन ठीक अगाड़ि राजनीति गर्मिएको छ। प्रश्नपत्र ‘बिक्री’ औ कथित ‘अडियो टेप’- को मामिलामा सत्तापक्ष र विपक्ष आमने-सामने आएको छ।

गत 7 सेप्टेम्बरमा 9औं र 10औंको परीक्षा हुन दुई दिनपूर्व विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले दाबी गरेका थिए, एसएससीको प्रश्नपत्र 50 हजार रुपियाँमा बेचिँदैछ। उनले यो पनि भनेका थिए, बशिरहाटसित सम्बन्धित एउटा अडियो उनकोमा छ। यद्यपि यस अडियोको सत्यताको पुष्टि भएको छैन।

परीक्षापूर्व गए शनिवार शिक्षा मन्त्री ब्रात्य बसुले विपक्षका आरोपहरूलाई खारेज गर्दै कटाक्ष गरे। उनले भने, “प्रश्नपत्र लीक भएको प्रमाण देखाइयोस्। विपक्षी नेताले भीडियो, अडियो र जाली प्रश्नपत्र देखाउने दाबी गरेका थिए, तर अहिलेसम्म केही पनि प्रकाशमा आएको छैन।”

ब्रात्य बसुले दाबी गरे, मुख्यमन्त्री ममता ब्यनर्जीको नेतृत्वमा परीक्षा पूर्ण पारदर्शी ढंगमा भइरहेको छ। उनको भनाइ थियो, “लाखौं परीक्षार्थी हरूले मुख्यमन्त्रीमाथि भरोसा गरेर पीरक्षा दिरहेका छन्। ममता ब्यनर्जीले नै उनीहरूको हातमा नियुक्ति पत्र दिनेछन्। नियुक्ति मेधाको आदारमा मात्र हुनेछ।”

आजको परीक्षामा 2 लाख 46 हजार 527 परीक्षार्थीहरू सामेल हुनेछन्। परीक्षाको लागि 478 परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ भने एघारौं र बाह्रौंको स्तरमा मोठ 12 हजार 514 रिक्त पदहरमा नियुक्ति हुनुछ।

कमिशनले स्पष्ट रूपमा भनेको छ, केही केन्द्रहरूमा क्लास रूमको व्यवस्था छैन। त्यसैले परीक्षार्थीहरूसित अपील गरिन्छ कि उनीहरूले मूल्यवान सामान वा गहना लगाएर नआउन्। सबै परीक्षार्थीले पारदर्शी पेन जसमा रिफिल बाहिरबाटै देखियोस्, ल्याउन अनिवार्य छ। आवश्यकता परे केन्द्रमा पेन उपबल्ध गराइनेछ। परीक्षा केन्द्रको गेटमा सुरक्षा जाँच हुनेछ। यस अवधि परीक्षार्थीहरूसित एडमिट कार्ड र एउटा पहिचान पत्र जस्तै आधार कार्ड वा भोटर कार्ड हुन आवश्यक छ।

प्रशासनको दाबी, परीक्षा हुनेछ शान्तिपूर्वक-

शिक्षामन्त्रीले आश्वस्त पारे, परीक्षालाई लिएर प्रशासनले उच्चस्तरमा तयारी गरेको छ। उनले भने, “पहिलो दिन सरह यसपालि पनि परीक्षा शान्तिपूर्वक एवं निष्पक्ष माहोलमा सम्पन्न हुनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande