मुर्शिदाबादमा आगोले जलेर तीन अबोधको मृत्यु
मुर्शिदाबादमा आगोले जलेर तीन अबोधको मृत्यु


मुर्शिदाबाद, 14 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा रानीतला थाना अन्तर्गत आखेरीगञ्ज पञ्चायतको जमालपाड़ा क्षेत्रमा आगोले जलेर तीनजना अबोध बच्चाहरूको मृत्यु भयो। मृत बच्चाहरूको पहिचान आदिल, साहिल र यी दुईकी बहिनी साजिदाको रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार गए शनिवार अबेर राती अचानक उनीहरूको घरमा आगो लाग्यो। त्यसबेला यी तीनजना बच्चाहरू आफ्नी आमासित कोठामा सुतिरहेका थिए। आगोको गति अत्यन्त तीव्र थियो जसले गर्दा केही बुझ्न अगाड़ि नै सम्पूर्ण घर आगोको चपेटमा पऱ्यो। यी तीनजना नानीहरूको घटनास्थलमै जलेर मृत्यु भयो। यिनीहरूकी आमालाई भने बचाउन सफल भयो। यस आगलागीमा घरका सबै सामानहरू जलेर खरानी भएको छ।

ग्रामीणहरूले आगो देखेर तुरून्त घटनास्थलमा पुगी आगोलाई निभाउने प्रयास गरे। सूचनापाएर भगवानगोला विधानसभाका विधायक रेयात हुसैन सरकार, अखेरिगञ्ज पञ्चयात प्रमुख साहिन शेख र रानीतला थानाकोपुलिस घटनास्थलमा पुगे। तर त्यसबेलासम्ममा सबै खरानी बनाइसकेको थियो। पुलिसले तीनैजना नानीहरूको जलेको शवलाई उद्धार गरेको छ।

आगलागीको सही कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। प्राथमिक अनुमानमा यो दुर्घटना शर्ट सर्किटको कारणले भएको हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande