वैष्णौ देवी यात्रा ठप्प, श्रद्धालुहरूको धैर्यको साँध भत्कियो
वैष्णौ देवी यात्रा ठप्प, श्रद्धालुहरूको धैर्यको साँध भत्कियो


जम्मू,, 14 सेप्टेम्बर (हि.स.)। माता वैष्णो देवीको दरबारमा दर्शन गर्न आएका हजारौं श्रद्धालुहरूको अब धैर्यको साँध भत्किँदै गरेको स्पष्ट देखिँदैछ। दर्शन पाउने आशमा पछिल्लो कैयौं दिनदेखिको प्रतीक्षारत् श्रद्धालुहरूले रोष व्यक्त गर्दै आवाज उठाएका छन्। उनीहरूको भनाइ छ, हामी धेरै दिनदेखिको यहाँ बसिरहेका छौं, तर यात्रा शुरू भएको छैन। हामीलाई माताको दर्शन गर्ने अनुमति दिइयोस्।

यात्रा ठप्प भएको कारणले कटरा र भवन परिसरमा श्रद्धालुहरूको व्यापक भीड़ एकत्र भएको छ। बस्ने र भोजनको व्यवस्था भए पनि लामो प्रतीक्षा गर्न परेको कारणले मानिसहरूको छटपटी र आक्रोश बढ़्न थालेको छ। धेरैजना श्रद्धालुहरू सुदूरवर्ती क्षेत्रहरूबाट माता रानीको दर्शन गर्न आएका छन् जसमा बुजुर्ग, महिला एवं बाल-बालिकाहरू पनि सामेल छन्।

श्रद्धालुहरूको भनाइ छ, लगातार प्रतीक्षा गर्न परिरहेकोले अब उनीहरूको मनोबल घट्न थालेको छ। त्यसैले अब प्रशासनले स्थितिलाई सामान्य बनाएर शीघ्र दर्शन गर्ने अनुमति दिनुपर्छ। सूत्र मुताविक सुरक्षा एवं व्यवस्थागत कारणले यात्रामाथि रोक लगाइएको थियो। प्रशासनको भनाइ छ, स्थिति सामान्य हुनसाथ दर्शनका लागि श्रद्धालुहरूलाई अनुमति दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande