पश्चिम बंगालमा एघारौं र बाह्रौंको शिक्षक भर्ती परीक्षा, 12 हजारभन्दा अधिक बाहिरका उम्मेद्वार
पश्चिम बंगालमा एघारौं र बाह्रौंको शिक्षक भर्ती परीक्षा, 12 हजारभन्दा अधिक बाहिरका उम्मेद्वार


कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। आइतवार 11-12औं कक्षाको लागि आयोजित शिक्षक भर्तीका परीक्षा केन्द्रहरूमा अन्य राज्यहरूबाट आएका उम्मेद्वारहरूको भीड़ देख्न पाइयो। राजस्थान, उत्तर प्रदेश, बिहार औ झारखण्डबाट ठूलो संख्यामा उम्मेद्वारहरू पश्चिम बंगालमा परीक्षा दिन आएका छन्।

सूत्र अनुसार यसपालि 12 हजारभन्दा अधिक पराक्षीहरू बाहिरी राज्यहरूबाट परीक्षा दिन आएका छन्। यी राज्यहरूमा उत्तर प्रदेश, बिहार र झारखण्डका उम्मेद्वारहरूको संख्या सबैभन्दा अधिक छ। विशेष गरी हिन्दी माध्यमका 370 वटा रिक्त पदहरूको लागि 12 हजारभन्दा अधिक बाहिरका उम्मेद्वारहरूले आवेदन गरेका छन्। पछिल्लो परीक्षामा (9-10औं स्तर) हिन्दी माध्यमको 2,251 पद रिक्त थियो जसको निम्ति पनि ठूलो संख्यामा आवेदन आएको थियो।

जानकारी अनुसार वर्ष 2016- को परीक्षामा हिन्दी माध्यमका उम्मेद्वारहरूलाई अनुमति थिएन। तर यसपालि पहिलो पटक उनीहरूलाई अवसर दिइएको छ। पश्चिम बंगालमा आएका केही उम्मेद्वारहरूले आ-आफ्नो राज्यको भर्ती प्रक्रियाको खस्किँदो अवस्थालाई लिएर आक्रोश पनि व्यक्त गरेका थिए। यसलाई लिएर राजनीतिक जगतमा व्यापक आरोप-प्रत्यारोप पनि भयो।

स्टाफ सिलेक्शन कमिशन (SSC) अनुसार यसपालि 5,65,000 उम्मेद्वारहरू परीक्षामा सामेल भइरहेका छन्। आइतवार 36 वटा विषयमा परीक्षा हुनेछ। रिक्त पदहरूको संख्या 12,514 छ भने आवेदनहरूको संख्या 2,46,000 भन्दा अधिक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande