दुई दाज्युभाईको गोली दागेर हत्या
दुई दाज्युभाईको गोली दागेर हत्या


जौनपुर, 14 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको जौनपुर स्थित मुगरा बादशाहपुर थाना क्षेत्रको बेलवार मार्गमा रामनगर गाउँ निकट शनिवार अबेर राति लगभग 9 बजी आफ्ना आफन्तकहाँ बाइकमा गइरहेका दुई व्यक्तिमाथि अज्ञात बदमाशहरूले अन्धाधुन्ध गोलीबारी शुरू गरे। जसमा एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो जबकि दोस्रोको अस्पताल लगिरहेको समय बीच बाटोमै मृत्यु भयो। घटनास्थलमा पुगेको पुलिस मामिलाको छानबीनमा जुटेको छ।

थाना क्षेत्रको मजगवा गाउँ निवासी शाहजहां (70) र जहांगीर (65) बाइकमा आफ्नो कुनै आफन्त कहाँ गइऱहेका थिए। उनीहरूको बाइक जस्तै बिलावर मार्गमा रामनगर गाउँ निकट पुग्यो, अज्ञात बदमाशरूले दुवैमाथि अन्धाधुन्ध गोलीबारी शुरू गरे। यस गोलीबारीमा शाहजहांको घटनास्थलमै मृत्यु भयो जबकि जंहागीरलाई उपचारको निम्ति प्रयागराज लगिएको समय बाटोमा मृत्यु भयो।

सूचना पाउनसाथ घटनास्थलमा पुगेको मुंगरा बादशाहपुर प्रभारी निरीक्षक केके सिंह मय फोर्स मामिलाको जाँचमा जुटेका छन्। यस मामिलामा आइतवार जानकारी दिँदै पुलिस अधीक्षक डा. कौस्तुभले बताए, मुंगराबादशाहपुर थानान्तर्गत शनिवार ग्राम मझगवा रामनगर निकट दुई दाज्युभाईमाथि अज्ञात आक्रमणकारीहरूद्वारा गोलाबारी गरियो। सूचना पाएर स्थानीय पुलिसद्वारा तत्काल घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारको निम्ति अस्पताल लगियो। जहाँ डाक्टरहरूले उनीहरूलाई मृत घोषित गरे। शवलाई पोस्टमार्टमको निम्ति पठाइयो। अज्ञात बदमाशहरू विरूद्ध मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande