पूर्व मेदिनीपुर, 14 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको खेजुरी-दुई नम्बर ब्लक अधिनस्थ जनकास्थित गोराहार सहकारी समितिको चुनाउलाई लिएर आइतवार व्यापक बमबाजी भएको आरोप उठेको छ। घटनास्थलबाट एउटा जिउँदो बम पनि जफत गरिएको छ। ठूलो संख्यामा पुलिस बललाई घटनास्थलमा तैनाथ गरिएको छ।
भाजपाले आरोप लगाएको छ, तृणमूल समर्थित गुण्डाहरूले क्षेत्रमा लगातार बमजाबी गरे। भाजपा समर्थित उम्मेद्वार अमृत पात्रको घरलाई समेत लक्षित गरेर बम फालियो। पुलिसले घटनास्थलमा पुगेर बमलाई जफत गरेको छ। तथापि सत्तारूढ़ तृणमूल कंग्रेसले उक्त आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ।
खेजुरी-दुई ब्लक तृणमूल कंग्रेस कमिटीका अध्यक्ष समुद्भव दासले भने, “त्यस क्षेत्रमा त भाजपाको प्रभाव छ। दुई पटकको चुनाउमा हामीले काम समेत गर्न सकेनौं। उनीहरूले नै हुलदंगा गरेर हाम्रा मतदाताहरूलाई गाली गरिरहेका छन्।”
राजनीतिक विश्लेषकहरूको भनाइ छ, यदि सहकारी समितिको चुनाउमा यस्तो विस्फोटक स्थिति छ भने आगामी विधानसभा चुनाउमा झन् स्थिति गम्भीर हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा