वर्षाले दुई डायभर्सन सड़क क्षतिग्रस्त, फालाकाटा-अलिपुरद्वार मार्ग बन्द
वर्षाले दुई डायभर्सन सड़क क्षतिग्रस्त, फालाकाटा-अलिपुरद्वार मार्ग बन्द


अलिपुरद्वार, 14 सेप्टेम्बर (हि.स)। भारी वर्षाबीच जिल्लाका दुई वटा डायभर्सन सड़क क्षतिग्रस्त भएको छ। पलाशबाड़ीस्थित सञ्जय डायभर्सन औ मेजबिल संलग्न गिरिया नदीको डायभर्सन गए शनिवार अबेर राती परेको मुसलधारे पानीले भत्किएको छ जसले गर्दा आइतवार बिहानदेखिकै फालाकाटा-अलिपुरद्वार मार्गमा सबै प्रकारका यातायातलाई बन्द गरिएको छ।

यसबीच एसएससी 11 र 12औं कक्षाको शिक्षक भर्तीको परीक्षा केन्द्र अलिपुरद्वारमा परेको कारणले फालाकाटा लगायत विभिन्न क्षेत्रका मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ। परीक्षार्थीहरू कुनै पनि प्रकारले यस मार्ग भएर जान सकिरहेका थिएनन्। फलस्वरूप उनीहरूलाई फालाकाटा, घोक्साडांगा, पुण्डीबारी हुँदै अलिपुरद्वारसम्म जानुपऱ्यो।

फालाकाटा-अलिपुरद्वार मार्गमा चार लेनको राजमार्ग बनाइँदैछ। यसको लागि नदीमा कंक्रिटको पुल बनाउने काम भइरहेको छ। अहिलेसम्ममा बुरितोरसाको एउटा मात्र कंक्रिटको पुल खोलिएको छ। अन्य नदिहरूमा निर्माणाधिन कंक्रिट पुलको नजिकै ह्यूम पाइप डायभर्सन छ। गत शुक्रवार राती सञ्जय डायभर्सनमा पनि एउटा ठूलो खाल्डो परेको थियो जसले गर्दा लगभग डेढ़ घण्टासम्म यातायातलाई बन्द राखिएको थियो। यस दिन सम्पूर्ण डायभर्सन भत्कियो। नदीको पानी डायभर्सनदेखि माथि बग्न थाल्यो।

यसरी नै गरिया नदीमा पनि डायभर्सन दुई टुक्रा भएर भत्किएको छ। परिणामस्वरूप, शिशगोर, मेजबिल, पश्चिम कटहलबाड़ी, पुटिमारी मोड़, न्यू पलाशबाड़ी, पलाशबाड़ी सहित एक विस्तृत क्षेत्रका हजारौं मानिसहरू समस्यामा परेका छन्। प्रशासनद्वारा अहिलेसम्म कुनै कारबाही गरिएको छैन जसले गर्दा स्थानीय मानिसहरूमा आक्रोश व्याप्त भएको छ। यद्यपि राष्ट्रिय राजमार्ग प्राधिकरणले भनेको छ, राती भएको घना वर्षाको कारणले यस्तो स्थिति उत्पन्न भएको हो। सम्पूर्ण स्थितिमाथि निगरानी राखिँदैछ। यो पनि बताइएको छ, जलस्तर थोरै कम हुनसाथ दुवै डायभर्सनको मरम्मत कार्य शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande