मिजोरममा 7.5 करोड़को नशालु ट्याबलेटसितै तीन पक्राउ
मिजोरममा 7.5 करोड़को नशालु ट्याबलेटसितै तीन पक्राउ


आइजल, 14 सेप्टेम्बर (हि.स.)। मिजोरममा भारी मात्रामा प्रतिबन्धित मादक पदार्थलाई बीएसएफ तथा आबकारी (एक्साइज एण्ड नार्कोटिक्स) विभाग ले जफत गरेको छ। बीएसएफ सूत्रले आइतवार बतायो, गुप्त सूचनाको आधारमा बीएसएफ र नार्कोटिक्स विभागले आइजलमा एउटा वाहनको जाँच गऱ्यो जसमा 50 हजार याबा र मेथाम्फेटामाइन ट्याबलेट भेटियो। असमको श्रीभूमि जिल्लाको पञ्जीकृत एक वाहन (एएस-10बीसी-7343)- को गुप्त कक्षबाट यी ट्याबलेटहरू जफत गरिएको हो।

बीएसएफ अनुसार जफत गरिएका ट्याबलेटको मूल्य लगभग 7.5 करोड़ रुपियाँ रहेको बताइएको छ। यस अवैध सामग्रीको आपूर्तिसित सम्बन्धित श्रीभूमिका तीनजना तस्करहरूलाई पक्राउ गरिएको छ। जफत गरिएको मादक पदार्थ सहितै तस्करहरूलाई अग्रिम कानूनी कारबाहीको लागि आबकारी विभागलाई सुम्पिदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande