नयाँ दिल्ली, 14 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार केन्द्रिय आर्य युवक परिषद्को 47औं स्थापना दिवसमा भनिन्, युवा शक्ति नै परिवर्तनको असली धुरी हो।
आर्य समाजद्वारा डिफेन्स कलोनीमा आयोजित राष्ट्रिय आर्य संगोष्ठी 'आर्य समाज हिजो, आज र भोलि' संगोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भनिन्, केन्द्रिय आर्य युवक परिषद्को 47औं स्थापना दिवसमा सामेल भएर समाजोत्थान तथा राष्ट्र निर्माणको त्यस परम्परासित जोड़िने अवसर मिल्यो जसलाई महर्षि दयानन्त सरस्वतीले आफ्नो अद्वितीय विचारहरूबाट प्रेरित गरेका थिए। उनले भनिन्, महर्षि दयानन्दका उपदेशले आज पनि हामीलाई बताउँछ कि शिक्षा, सत्य र सेवाबाटै समाजमा वास्तविक जागरण सम्भव हुन्छ।
मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि “सबैको साथ, सबैको विकास” -को मार्गमा हिँड़ेर समाजको उत्थान तथा युवाहरूको सशक्तिकरणलाई सर्वोच्च प्राथमिकता दिएका छन्। यही कारण हो कि आज देशको नयाँ पिँढ़ी आत्मविश्वासको साथमा विकसित भारतको निर्माणमा सहभागी बनिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा