मालदह, 17 सेप्टेम्बर (हि.स.)। मालदह ज़िल्लाको हबिबपुर ब्लक अन्तर्गत धूमपुर ग्राम पञ्चायतस्थित तिलासन क्षेत्रमा 224 वर्षदेखिको दुर्गा पूजा आयोजना हुँदै आइरहेको छ। सप्तमीमा पुनर्भबा नदीबाट देवीको ‘बोधन-घट’ लैजाने विशेष परम्परा रहिआएको छ। यस अवधि पाँच राउण्ड गोली दागेर जमिन्दार परिवारका सदस्यहरूले नदीदेखि घट लिएर रायबाड़ी फर्किन्छन्।
तिलासन गाउँ नजिकै बंगलादेशको सीमाना छ। पुनर्भबा नदी काँड़े तारको बार पारीतिर बग्छ। पबहिला लाइसेन्स प्राप्त बन्दुक लिएर त्यहाँ जानु कुनै समस्या थिएऩ। तर पछिल्लो वर्ष सीमा सुरक्षा बलले आपत्ति जनाएको थियो। त्यसपछि आयोजकहरूलाई नदीदेखि केही पर आएर परम्परा निभानु परिरहेको छ। यसकारण जमिन्दार परिवारलाई आशंका छ कि आगामी वर्षहरूमा यो परम्परालाई निर्वाह गर्न सकिँदैन।
परिवारका सदस्यहरू अनुसार राय परिवार मूलतः उत्तर प्रदेशबाट थिए। अबोध नारायण राय दालको व्यवसायको सिलसिलामा तिलासन आए अनि ब्रिटिश शासनबाट लगभग 52 मौजाको जिम्मेवारी लिए। त्यसबेला गाउँमा कतै पनि दुर्गा पूजा हुँदैनथ्यो। आर्थिक अभाव सबैभन्दा ठूलो बाधा थियो। 1800-मा अबोधबाबूका पुत्र शिवप्रसाद रायले आफ्नो घरमा पहिलो पटक दुर्गा पूजाको शुरूआत गरे।
शुरुदेखिकै नवरात्रिमा पूजा हुन थाल्यो अनि वरपर गाउँका मानिसहरू यसमा सामेल हुँदै गए। देश विभाजनपछि पनि सीमा पारीबाट केही श्रद्धालुहरू यस पूजामा भाग लिन आउँथे। आज पनि पूजाको चार दिनसम्म रायबाड़ीमा प्रसाद वितरण गर्ने परम्परा जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा