एसडीएफ अध्यक्ष चामलिङले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए
एसडीएफ अध्यक्ष चामलिङले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिए


गान्तोक, 17 सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

एसडीएफ अध्यक्षले आज जारी आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीको अथक समर्पण, दृढ़ नेतृत्व र परिवर्तनकारी दृष्टिकोणले भारतको वैश्विक स्थितिलाई बलियो बनाउनुका साथै भारतका मानिसहरूमा आशा र विश्वास पनि जगाएको बताएका छन्। आत्मनिर्भरता, समावेशी विकास र राष्ट्र सेवाका आदर्शहरूप्रति उनको अटूट प्रतिबद्धता लाखौं मानिसहरूका लागि प्रेरणाको स्रोत बनेको उनले उल्लेख गरेका छन्।

पूर्व मुख्यमन्त्री चामलिङले प्रधानमन्त्रीको सुस्वास्थ्य, दिर्घायु र देशको प्रगति, एकता र समृद्धिको मार्गमा अग्रसर बन्न​ निरन्तर शक्तिको कामना गरेका छन्। उनले एसडीएफ पार्टीको पक्षमा प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande