राज्यपाल र मुख्यमन्त्रीले गरे विभिन्न उत्पादहरूको लोकार्पण
राज्यपाल र मुख्यमन्त्रीले गरे विभिन्न उत्पादहरूको लोकार्पण


गान्तोक, 17 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीको उत्सव प्लाजा, स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको 75औं जन्मदिनको अवसरमा सेवा पखवाडाको एक भागको रूपमा विभिन्न परियोजनाहरू र उत्पादहरू लोकार्पण गरे।

यस अवसरमा राज्यपाल र मुख्यमन्त्रीले सिमिक लिङ्जे वन धन विकास केन्द्रका महिलाहरूद्वारा तयार उत्पाद हर्बल टी, आरिथाङ चोङराङ वन धन विकास योजना केन्द्रद्वारा तयार उत्पाद लाकादोङ हर्दी र मलबासे वन धन विकास योजना केन्द्रद्वारा तयार उत्पाद मलबासे हर्दी लोकार्पण गरे।

यसैगरी, सोच्यागाङमा सिक्किम सरकारी नर्सिङ महाविद्यालयको नयॉं भवन र मल्लीमा नयॉं प्राथमिक स्वास्थ्य केन्द्रको भर्चुअल माध्यमद्वारा शिलान्यास गरियो भने गान्तोक बुकिङ अफिसमा कमन सर्भिस केन्टरको भर्चुअल माध्यमद्वारा लोकार्पण गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande