पाकिम, 17 सेप्टेम्बर (हि.स.)। सिक्किम आमा सशक्तिकरण योजना र सिक्किम आमा सहयोग योजना अन्तर्गत आज रिगु बीएसी, रंगेलीमा लाभार्थीहरूलाई चेक वितरण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा विधायकका ओएसडी डम्बर कुमार प्रधान, जल संसाधन विभागका ओएसडी गगन गुरुङ, रिगुका बीडीओ अनिल गिरी आदि उपस्थित थिए।
रिगु बीएसीमा आज आमा सशक्तिकरण योजना अन्तर्गत 1000 र आमा सहयोग योजना अन्तर्गत 100 लाभार्थीहरूलाई चेक वितरण गरियो। लाभार्थीहरू छुजाचेन, रोलेप लामातेन, रंगेली चाङ्गेलाखा, रिगु, दलपचन्द, प्रेमलाखा सुबानेडॉंडा, लिङताम पदमचेन, आरिटार, सुदुङलाखा र बिरिङ तारेथाङ जीपीयूका थिए।
कार्यक्रममा पञ्चायतगण, विभिन्न विभागका अधिकारीहरू र लाभार्थीहरूको उपस्थिति थियो।
हिन्दुस्थान समाचार / बिशाल