राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना


गान्तोक, 17 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभ अवसरमा आफ्ना शुभकामनाहरू प्रेषित गरेका छन्।

राज्यपालले आफ्नो शुभकामना सन्देशमा भने, 'म सिक्किमका जनता र स्वयंको तर्फबाट हाम्रा देश भारतका यशस्वी प्रधानमन्त्री श्री प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक बधाई एवं शुभकामना दिॅंदछु।'

उनले भने, 'विकसित भारत 2047 को संकल्पनाका साथ हाम्रो राष्ट्रले नयॉं रीति, नयॉं गति र नयॉं नीतिको साथमा तपाईको मार्गदर्शनमा विश्व पटलमा परम वैभव स्थापित गरिरहेको छ। ईश्वरसॅंग राष्ट्र हितमा समर्पित तपाईको जीवन स्वस्थ एवं यशस्वी बनिरहोस् भनी प्रार्थना गर्दछु। पुन: तपाईलाई ह्रदयबाट जन्मदिनको शुभकामना व्यक्त गर्दछु।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande