कटिहार, 17 सेप्टेम्बर (हि.स.)। स्वच्छता नै सेवा- 2025 पखवाड़ा संचालनको लागि समाहरणमलायको एनआईसी सभागारमा एक महत्वपूर्ण बैठक आयोजना गरियो। जिल्लाधिकारी मनेश कुमार मिणाको अध्यक्षतामा सम्पन्न सो बैठकमा विभिन्न विभागीय अधिकारीहरू उपस्थित थिए।
जिल्लाधिकारीले बताए, यस पखवाड़ामा स्वच्छ एवं हरित उत्सव मनाउनेमाथि विशेष बल दिइनेछ जसमा स्वच्छता, जन सहभागिता एवं सामुदायिक उत्सवहरूलाई स्वच्छ, शून्य फोहोर तथा पर्यावरण अनुकूल ब नाउनेमाथि ध्यानकेन्द्रित गरिनेछ। उनले बताए, यस अभियानको लागि विभिन्न विभाग तथा संस्थाहरूबाट सहयोग लिइनेछ।
उपविकास आयुक्तले बताए, स्वच्छता नै सेवा- 2025 को थीम स्वच्छोत्सव हो जसका पाँच प्रमुख स्तम्भ छन् - स्वच्छता लक्षित एकाईको पहिचान, सार्वजनिक स्थलहरूको सफाई, स्वच्छता मित्र सुरक्षा शिविरको आयोजन, स्वच्छ एवं हरित उत्सवहरूको आयोजन औ स्वच्छताप्रति जन-जागरूकता अभियान।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा