पूर्व बर्दवानमा सांगठनिक फेरबदलको तयारीमा तृणमूल कंग्रेस
पूर्व बर्दवानमा सांगठनिक फेरबदलको तयारीमा तृणमूल कंग्रेस


पूर्व बर्दवान, 17 सेप्टेम्बर (हि.स.)। पूर्व बर्दवान ज़िल्लामा तृणमूल कंग्रेसले आफ्नो सांगठनिक फेरबदलको तयारी गरिरहेको छ। प्राप्त जानकारी अनुसार जिल्लाका केही ब्लक एवं पञ्चायत स्तरका नेताहरू गाउँको राजनीतिसित जोड़िएका छन्, तर उनीहरू शहरको आरामदायी घरमा बस्न रूचाउँछन्। कसैले फ्ल्याट किनेका छन् भने कोही बंगलामा बस्छन्। केही नेताहरूले बर्दवान शहर अनि वरपर जमीन किनेका छन्।

पार्टी सूत्र अनुसार मन्तेश्वर, रायना, भातार औ मेमारी ब्लकका नेताहरूले अधिक समय नै शहरमा बिताउँछन्। स्थानीय कार्यकर्ताहरूको भनाइ छ, संगठन सुदृढ़ीकरणको लागि उनीहरू गाउँमै बस्नुपर्छ, किनभने ग्रामीणहरू साँझ परेपछि चौतरा तथा मञ्चहरूमा सम्वादको लागि तयार हुन्छन्। तर केही नेताहरू सूर्य अस्ताउनअघि नै शहर फर्किन्छन् वा तीन-चार दिनपछि गाउँमा फर्किन्छन्।

पार्टीका सहयोगी एजेन्सीहरूले पछिल्लो केही महिना गाउँ-गाउँमा घुमेर नेताहरूका गतिविधिहरूको रिपोर्ट तयार पारेका छन्। सोही आधारमा संगठनमा फेरबदल गर्ने तयारी भइरहेको छ। जिल्ला स्तरदेखि लिएर युवा तथा श्रमिक संगठनहरूसम्म न याँ पदाधिकारीहरूको सूची बनिसकेको छ। पार्टी सूत्रानुसार यसै महिनाको अन्तमा पूर्व बर्दवान जिल्ला नेतृत्वको बैठकमा अग्रिम दिशा तय हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande