आज़मगढ़, 17 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा आज़मगढ़को दिदारगञ्ज थाना क्षेत्रमा गए राती पीड़ादायी सड़क दुर्घटना भयो जसमा तीनजना युवकहरूको मृत्यु भयो। यो दुर्घटना सुरहन मोड़ नजिक त्यसबेला भयो जतिबेला दुई वटा बाइक आपस्तमा ठोक्किए। द्रूत गतिको कारणले यो दुर्घटना भएको हो। वरपरका मानिसहरूले घाइतेहरूलाई उपचारको निम्ति एम्बुलेन्स मार्फत अस्पतालमा पठाइदिए।
बितेको मंगलवार अबेर राती सूरहन मोड़ नजिक दुईवटा बाइक आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भए। ग्रामीणहरूले बताए, दुवै बाइकको गति अत्यन्त तीव्र थियो। दुर्घटनापछि बाइक पूर्णरूपले क्षतिग्रस्त भयो। वरपरका मानिसहरूले तुरून्त घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले दुईजना युवकलाई मृत घोषित गरिदिए। यी दुई मृतहरूको पहिचान मोहम्मद सैफ (16 वर्ष) पुत्र बेचू र कसरू (17 वर्ष) पुत्र इरफान निवासिगण कौरागहनी, थाना सरायमिरको रूपमा भएको छ भने हायर सेन्ट्रमा उपचाराधिन तेस्रो युवक अभिषेक (21)-को बुधवार बिहान मृत्यु भयो।
यसरी नै चौथो युवक गगन पुत्र पप्पू निवासी भूलंडीह, थाना बरदहको उपचार हायर सेन्टर जौनपुर जिल्लामा भइरहेको छ। पुलिसले मृतकहरूको शवलाई कब्जामा लिेर जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा