नयाँ वर्षमा शुरू हुनेछ एडभेञ्चर स्पोर्ट्स पार्क
नयाँ वर्षमा शुरू हुनेछ एडभेञ्चर स्पोर्ट्स पार्क


जलपाईगुड़ी, 02 सेप्टेम्बर (हि.स.)। नयाँ वर्षको शुरूमा गाजोलडोबा भोरेर आलो पर्यटन केन्द्रमा एक एडभेञ्चर स्पोर्ट्स पार्कको शुभारम्भ गरिनेछ। पर्यटन विभागले यस पार्कको लागि बुनियादी ढाँचा तयार गरेको छ। तथापि पर्यटन विभागले यस पार्कको संचालन गर्नेछैन। एक निजी संस्थाले यसको संचालन गर्नेछ।

मुख्यमन्त्री ममता ब्यानर्जीले वर्ष 2018-मा गाजोलडोबा पर्यटन केन्द्रको उद्घाटन गरेकी थिइन्। तबदेखि नै भोरेर आलोमा लगभग दुई एकड़ जमीनमा हात्तीको सफारीको लागि एक आश्रय स्थल बनाइएको थियो। तर वन विभाग र पर्यटन विभागबीच मतभेद भएको कारणले त्यस आश्रय स्थलको शुभारम्भ हुनसकेको थिएन।

यस आश्रय स्थलमा हात्तीहरूलाई चढ़्नको लागि सिँड़ी भएको घर, महावतहरूको लागि एउटा ठाउँ अनि टिकट काउण्टर बनाइएको थियो। किनभने आश्रय स्थलको शुभारम्भ भएको छैन, त्यसैले पर्यटन विभागले एक एडभेञ्चर स्पोर्ट्स पार्कको लागि बुनियादी ढाँचा तयार गरेको छ। यस पार्कमा कृतिम पर्खाल, दौड़िने, डोरीको झोलङ्गो तथा अन्य खेलहरू हुनेछन्। यस पार्कमा एक जलाशयमाथि बाँसको पुल पनि बनाइएको छ जहाँ माछा मार्ने ठाउँ बनाउने योजना छ।

गाजोलडोबा विकास प्राधिकरणका उपाध्यक्ष खगेश्वर रायले भने, एडभेञ्चर स्पोर्ट्स पार्कको शुभारम्भ नयाँ वर्षको शुरूमा गरिनेछ। हात्ती सफारी शुरू भएपछि पार्कको एक भाग झाड़ीहरूले ढाक्नेछ जसबाट पार्कको बुनियादी ढाँचा नष्ट हुनेछ। यहाँ एडभेञ्चर स्पोर्ट्स खोलिनाले पर्टकहरूको लागि यो स्थान आकर्षणको केन्द्र बन्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande