गुवाहाटी, 02 सेप्टेम्बर (हि.स.)। सेमिकन इण्डिया- 2025 मा असमले पहिलो पटक स्वदेशी सेमीकण्डक्टर चिप्स प्रदर्शन गरेर आफ्नो उपस्थिति दर्ता गरायो। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बताए, प्रदर्शनीमा देखाइएका दुई वटा चिप्स असमको पक्षबाट भारतको चिप निर्माण यात्रालाई नयाँ दिशा दिरहेको छ।
प्रदर्शनीमा टाटा ओसैट चिप औ न्यूरल एम्प्लीफायर फ्रंटेंड आईसी जसलाई एनआईटी सिलचरले विकसित गरेको हो, मुख्य आकर्षक रह्यो। मुख्यमन्त्रीले सोशल मीडियामा पोस्ट गरी भने, असम अब देशको सेमीकण्डक्टर इकोसिस्टममा महत्वपूर्ण भूमिका निभाइरहेको छ साथै तकनिकी विकासको यात्रामा लगातार योगदान दिरहेको छ।
मुख्यमन्त्रीले यसलाई राज्यको निम्ति एउटा ठूलो माइल खुट्टी बताउँदै अघि भने, यो प्रदर्शनले दर्शाउँछ कि असम अब हाई-टेक इण्डस्ट्री तथा इनोभेशनतर्फ द्रूत गतिमा अग्रसर भइरहेको छ।
अर्कोतिर प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यक्रमको उद्घाटन गर्दै भने, भारतले अब इण्डिया सेमीकण्डक्टर मिशनको अघिल्लो चरणको तयारी गरिरहेको छ। उनले यो पनि घोषणा गरे, सरकारले चाँड़ै नयाँ डिजाइन-लिंक्ड इन्सेन्टिभ (डीएलआई) स्किम ल्याइरहेको छ जसबाट चिप डिजाइनले प्रोत्साहन पााउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा