श्रीनगरमा भाजपा महिला मोर्चाद्वारा राहुल गान्धीको विरोधमा प्रदर्शन
श्रीनगरमा भाजपा महिला मोर्चाद्वारा राहुल गान्धीको विरोधमा प्रदर्शन


जम्मू, 2 सेप्टेम्बर (हि.स.)। श्रीनगरमा भाजपा महिला मोर्चाले कंग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी आमामाथि कथित अपमानजनक टिप्पणी गरेकोमा व्यापक विरोध प्रदर्शन गऱ्यो। घण्टाघर सामू आयोजित यो प्रदर्शनमा पार्टीका महिला कार्यकर्ताहरूले भाग लिए।

प्रदर्शनकारीहरूले हातमा पोस्टर र ब्यानर बोकेर राहुल गान्धीसित तुरून्त तथा बिना शर्त माफी माग्ने माग गरे। उनीहरूले भने, प्रधानमन्त्री र उनकी आमामाथि यस प्रकारको टिप्पणी अस्वीकार्य छ। राजनीतिक लाभको निम्ति यस्तो गर्नु उचित होइन। प्रदर्शन अवधि नाराबाजी पनि गरियो तथा भाजपा महिला मोर्चाले जनतासित पनि यस मामिलामा संवेदनशील रहने अपील गऱ्यो।

भाजपा महिला मोर्चाको भनाइ छ, यस्तो अपमानजनक बयान देशको राजनीति तथा संस्कृतिको लागि खतरनाक हो जसलाई सहन गरिनेछैन। पार्टीले कंग्रेससित जवाफदेही तथा सार्वजनिक माफीको मागलाई दोहोऱ्यायो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande