चोरीको आरोपमा पक्राउ सिभिक भोलन्टियरबाट चियापत्ति सहित बाइक जफत
चोरीको आरोपमा पक्राउ सिभिक भोलन्टियरबाट चियापत्ति सहित बाइक जफत


सिलगढ़ी, 02 सेप्टेम्बर (हि.स.)। ड्यूटी अवधि चियापत्ति चोरी गरेको आरोपमा पक्राउ गरिएका सिभिक भोलन्टियर तथा उसको साथीलाई हिरासतमा लिएर चोरीको चियापत्ति र एउटा बाइकलाई पुलिसले जफत गरेको छ।

उल्लेखनीय छ, गत 29 अगस्तको दिन सिभिक भोलन्टियर उत्तम मण्डल र उसको साथी विश्वजीत चौधरीलाई चियापत्ति चोरीको आरोपमा पक्राउ गरिएको थियो। कथित रूपमा दुवैले एनजेपी संलग्न टी पार्कमा चियापत्ति लादिएका वाहनहरूबाट चियापत्ति चोर्ने गर्दथे। एनजेपी थानामा चियापत्ति चोरीको सिकायत दर्ता हुनसाथ पुलिसले दुवलाई पक्राउ गऱ्यो। पछि दुवैलाई अदालतमा पेश गरी तीन दिनको रिमाण्डमा लिएर जाँचबुझ गरियो। यिनीहरूको बयानको आधारमा अम्बिकानगर संलग्न गार्ड पाड़ास्थित एउटा घरबाट 32 किलो चियापत्ति जफत गरियो। चोरीमा प्रयोग गरिएको बाइकलाई पनि जफत गरियो। एनजेपी थानाको पुलिस घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande