नयाँ दिल्ली, 2 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार गीता कलोनी फ्लाइओभरमा स्थापित बाढ़ी प्रभावितहरूको शिविरको निरीक्षण गरिन्। उनले यमुनको जलस्तर तथा प्रभावित क्षेत्रहरूमा पुगेर जलभराउको स्थितिको जायजा लिइन्।
निरीक्षण अवधि रेखा गुप्ताले यमुनाका बाढ़ी प्रभावित क्षेत्रहरूबाट निकालेर सुरक्षित स्थानहरूमा स्थानान्तरण गरिएका परिवारहरूसित भेट गरी उनीहरूको समस्या आदि सुनिन्। गुप्ताले भरोसा दिलाइन्, सरकार उनीहरूको साथमा हरेक क्षण छ। सरकारले बस्ने सुविधा, भोजन, पानी एवं औषधि जस्ता हरेक आवश्यक प्रबन्ध पहिलाबाटै गरेको छ।
गुप्ताले भनिन्, दिल्ली सरकारको संकल्प छ कि कुनै पनि नागरिकलाई कठिनाई नहोस् र प्रत्येक परिवारले सुरक्षित महसूस गरोस्।
उनले बताइन्, सरकारले लगातार जलस्तरमाथि नजर राखिरहेको छ। सरकारले बितेको छ महिनादेखिको नाली एवं यमुनाको जुन डी-सल्टिंगको व्यापक काम गरेको छ, त्यसको लाभ पनि प्राप्त भइरहेको छ। पानीको प्रवाह निर्बाध रूपमा जारी छ। दिल्लीका जनतालाई सरकारले कुनै पनि प्रकारको समस्याको सामना गर्न दिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा