हावड़ा-बर्दवान लोकल ट्रेनमा आगलागी, भाग्यले बचे यात्रीहरू
हावड़ा-बर्दवान लोकल ट्रेनमा आगलागी, भाग्यले बचे यात्रीहरू


हुगली, 02 सेप्टेम्बर (हि. स.)। गए सोमवार राति लगभग 9 बजी हुगली स्टेशनमा बिसाएको हावड़ा-बर्दवान लोकल ट्रेनमा अचानक आगो लाग्यो जसले गर्दा यात्रीहरूमा सन्त्राष फैलियो। ट्रेनको दोस्रो तथा तेस्रो डब्बाको बीचमा अचानक धुँवा र आगो देखेर यात्रीहरू भयभित भए अनि तत्कालै ट्रेनबाट उत्रिन थाले।

सूत्र अनुसार ट्रेन आफ्नो निर्धारित समयमा हुगली स्टेशनमा आइपुग्नसाथ डब्बाहरूको बीचबाट धुँवा र आगो बलिरहेको देखियो। तत्कालै यात्रीहरूले गार्डलाई सूचना दिए। सूचना पाउनसाथ रेलवे कर्मचारीहरूले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गरे। ट्रेनलाई केही समयसम्म रोकियो। आगोलाई पूर्ण रूपले नियन्त्रण गरिएपछि मात्र सुरक्षित रूपमा ट्रेनलाई बर्दवान तर्प प्रस्थान गराइयो।

पूर्व रेलवेकी जनसम्पर्क अधिकारी दीप्तिमय दत्ताले बताइन्, डब्बाहरूलाई जोड़्ने भागमा विद्युतको तार हुन्छ। कुनै ठाउँमा खकुलो भएर घर्षण हुनाले स्पार्किंग हुनसक्छ जसले गर्दा यो आगो लागेको हो। उनले स्पष्ट पारिन्, स्थिति पूर्ण रूपमा नियन्त्रणा छ भने रेल सेवाहरूलाई यसले कुनै प्रभाव पारेन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande