कोलकाता, 02 सेप्टेम्बर (हि. स.)। सीमा पारी हुने तस्करी विरूद्ध ठूलो सफलता हासिल गर्दै रानीनगर पुलिसले गए सोमवार अबेर राति काली मन्दिर नजिक छापा मारेर दश वटा सुनको बिस्कुट जफत गरिएको छ। जफत गरिएको सुनको वजन 01 हजार 166.7 ग्राम रहेको छ जसको मूल्य लगभग एक करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ। यस मामिलामा पुलिसले दुईजना आरोपीहरू क्रमैले शिवनाथ मण्डल र ललन मण्डललाई पक्राउ गरी उनीहरूको मोटर साइकललाई जफत गरेको छ।
पुलिस सूत्र अनुसार यो सुन बंगलादेशदेखि भारतमा अवैध रूपमा ल्याइएको थियो भने यसलाई एक संगठित नेटवर्कको माध्यमबाट देशभरि नै आपूर्ति गर्ने योजना थियो। आरोपीहरूलाई मंगलवार लालबाग एसीजेएम अदालतमा पेश गरिनेछ जहाँबाट पुलिसले दश दिनको हिरासतको माग गर्नेछ।
अधिकारीहरूको मान्यता छ, यो गिरोह एउटा ठूलो अन्तर्राष्ट्रिय सुन तस्करी सिण्डिकेटको अंग हो। जाँच दलले यो पत्तो लगाइरहेको छ कि यो नेटवर्क कहिलेदेखि सक्रिय छ, सुन कुन मार्गबाट भारतमा ल्याइँदैछ तथा यसमा को-को सामेल छ।
आरोपीको मोबाइल फोनको पनि जाँच गरिँदैछ।
सुरक्षा एजेन्सीहरू अनुसार हिजोआज भारत-बंगलादेश सीमामा सुन तस्करीको घटना द्रूत गतिमा बढ़िरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा