भारतको पहिलो 'मेड इन इण्डिया' चिप राष्ट्रको आत्मनिर्भरताको दिशामा ऐतिहासिक उपलब्धि हो: मोहन माझी
भारतको पहिलो 'मेड इन इण्डिया' चिप राष्ट्रको आत्मनिर्भरताको दिशामा ऐतिहासिक उपलब्धि हो: मोहन माझी


भुवनेश्वर, 2 सेप्टेम्बर (हि.स.)। ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले भारतमा निर्मित पहिलो सेमीकण्डक्टर चिप्सलाई राष्ट्रको आत्मनिर्भरताको दिशामा ऐतिहासिक उपलब्ध बताए। सोशल मीडिया एक्समा जारी आफ्नो पोस्टमा मुख्यमन्त्रीले लेखेका छन्, यो एउटा तकनीकी उपलब्धि मात्र नभएर रणनीतिक एवं आर्थिक आत्मनिर्भरताको दिशामा एक निर्णायक कदम पनि हो।

उनले भने, ''आयातमाथि निर्भरता कम गर्न घरेलु विनिर्माणलाई सशक्त बनाउने यो सफलताले भारतलाई इल्केट्रनिक्स क्षेत्रमा उदियमान वैश्विक केन्द्रको रूपमा स्थापित गर्दछ।” उनले अझ् भने, यो माइल खुट्टी भारतको दूरदृष्टि, धैर्य तथा ‘मेक इन इण्डिया’ तथा ‘आत्मनिर्भर भारत’ -प्रति अटुट प्रतिबद्धताको प्रमाण हो। लामो समयदेखिको सम्हालेको राष्ट्रिय आकांक्षा आज पूरा भएको छ। यो हरेक भारतीयको लागि गर्वको क्षण हो। जय हिन्द!

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande