इम्फाल, 02 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिसले इम्फाल उपत्याकामा ठूलो कारबाही गर्दै चार जना मानिसहरूलाई पक्राउ गरेको छ। यिनीहरूबाट भारी मात्रामा हतियार, गोला-बारूद एवं सैन्य सामग्रीहरू जफत गरिएको छ।
पुलिसको पक्षबाट मंगलवार जानकारी गराइए अनुसार पक्रा पर्ने मानिसहरू केशल भिलेज भोलन्टियर अर्गनाइजेशन नामक संगठनसित आवद्ध थिए जसको बारेमा पहिला कुनै प्रकारको जानकारी थिएन। आरोपीहरूको पहिचान राजकुमार सिद्धार्थ उपनाम मोमो (33), लैशराम रमेशोर मैतेई (44), अथोकपम ब्रोजेन्द्र सिंह (45) औ लैशराम साचिकान्ता सिंह (25)- को रूपमा भएको छ।
छापामारीमा पुलिसले 17 वटा हतियार जफत गऱ्यो जसमा दुई वटा एके राइफल, दुईवटा एके घटक राइफल, तीन वटा इंसास राइफल, तीन वटा एसएलआर, तीन वटा .303 (पोइन्ट थ्री-जीरो-थ्री) राइफल, एउटा 9 एमएम पेस्तोल (बिग्रिएको) तथा स्कोप जड़ित एउटा मोडिफाइड .303 (पोइन्ट थ्री-जीरो-थ्री) राइफल सामेल छन्। यस अतिरिक्त एक हजारभन्दा अधिक जिउँदो कारतूस, तीन वटा ह्याण्ड ग्रेनेड (जसमध्ये एउटा चीन निर्मित), 55 वटा म्यागजिन, आठ वटा वायरलेस सेट 11 वटा ब्याट्रीसितै, आठ वटा संदिग्ध बुलेटप्रूफ प्लेट र पाँच वटा क्यामोफ्लज हेलमेट पनि जफत गरिएको छ।
पुलिस अधिकारीहरूले बताए, यति धेरै हतियार एवं सैन्य उपकरणहरू भेटिनाले के संकेत गरिरहेको छ भने यसको प्रयोग कुनै संगठित हिंसाको लागि गरिनुथ्यो। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा