राजगढ़ः ज्यानमारा धम्की दिएर नाबालिक बालिकासित गरियो दुष्कर्म
राजगढ़ः ज्यानमारा धम्की दिएर नाबालिक बालिकासित गरियो दुष्कर्म


राजगढ़, 2 सेप्टेम्बर (हि.स.)। मध्य प्रदेशको राजगढ़ शहर ब्यावरा थाना अन्तर्गत भगवा चौराहामा बस्ने 13 वर्षीय नाबालिकले टोलकै एक जना युवकमाथि ज्यानमारा धम्की दिएर पछिल्लो एक महिनाभित्रमा कैयौं पटक कुकृत्य गरेको आरोप लगाएकी छे। पुलिसले मंगलवार घटनास्थलबाट भागेका आरोपी विरूद्ध पोक्सो एक्ट सहित विभिन्न धाराहरूमा मुद्दा दर्ता गरी आरोपीलाई खोजिरहेको छ।

पुलिस अनुसार भगवाकी 13 वर्षीय बालिकाले बताई, एक महिनापूर्व भगवा चौराहा निवासी जुझारसिंह वर्मासित उसको परिचय भएको थियो। बातचित शुरू भएपछि उसले ज्यानमारा धम्की दिँदै एक महिनाभित्रमा कैयौं पटक कुकर्म गऱ्यो। पुलिसले आरोपीमाथि धारा 64(2)एम, 65(1), 351(3) बीएनएस, 5 एल/6 पोक्सो एक्ट अन्तर्गत प्रकरण दर्ता गरी जाँच शुरु गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande