पश्चिम बंगालः एसएससीको सूचीमा दागी उम्मेद्वारहरूको संख्या बढ़ेर अब 1806 पुग्यो
पश्चिम बंगालः एसएससीको सूचीमा दागी उम्मेद्वारहरूको संख्या बढ़ेर अब 1806 पुग्यो


-तृणमूल विधायककी छोरी पनि सामेल

कोलकाता, 02 सेप्टेम्बर (हि. स.)। पश्चिम बंगाल स्कूल सर्भिस कमिशन (एसएससी)- को नियुक्ति घोटालासित सम्बन्धित सूचीमा दागी शिक्षकहरूको संख्या लगातार बढ़्दोछ। गए सोमवार अबेर राति आयोगद्वारा जारी नयाँ सूचीमा थप दुई जनाको नाम जोड़िनाले अब यो संख्या 1804-देखि बढ़ेर 1806 पुगेको छ।

नयाँ सूचीमा तृणमूल कंग्रेसका चोपड़ाबाट विधायक हमिदुल रहमानकी छोरी रोशेनारा खातूनको नाम जोड़िएको छ भने सञ्चिता दास नामक अर्की एक जना शिक्षिकाको नाम पनि सूचीमा सामेल भएको छ।

स्मरण गराइन्छ, पहिलो सूचीमा यी दुई नाम थिएन। अब यिनीहरूको नाम पनि सामेल भएपछि प्रश्न उठिरहेको छ कि शुरूआती सूचीबाट यी दुई नाम किन थिएन र के सत्ता पक्षसित सम्बन्धित मानिसहरूलाई बचाउने चेष्टा गरिएको थियो?

यस घटनाक्रम पश्चात राजनीतिक जगतमा चर्चा चुलिएको छ। विपक्षले आरोप लगाएको छ, राज्य सरकार र एसएससीले मिलेर पारदर्शितामाथि पर्दाले ढाक्ने प्रयास गरेको छ।

बंगाल भाजपा राज्य कमिटीका सदस्य नरेश श्रीवास्तवले बताए, ममता ब्यनर्जीको शासनमा पश्चिम बंगाल सरकारको कुनै पनि विभाग इमानदार र पारदर्शी रहेन। भ्रष्टाचारद्वारा ग्रस्त सम्पूर्ण सरकारले बंगालका मानिसहरूको भविष्यसित खेलवाड़ गरिरहेको छ। उनले भने, अयोग्य उम्मेद्वारहरूको सूचीमा थोरै मात्र मानिसहरूको नाम सामेल छ। संख्या कैयौं गुणा अधिक छ। एसएससीमाथि भरोसा गर्न सकिँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande