नयाँ दिल्ली, 2 सेप्टेम्बर (हि.स.)। दक्षिण-पश्चिम जिल्ला पुलिसले ‘अपरेशन मिलाप’ अन्तर्गत एक महिनाभित्रमा बेपत्ता भएका 130 जना मानिसहरूलाई खोजेर निकाल्यो जसमा 48 जना नाबालिकहरू सामेल छन्।
डीसीपी अमित गोयलले बताए, हराएको सूचना पाउनसाथ सम्बन्धित थानाको टीम सक्रिय भयो। पुलिस टीमले सीसीटीभी क्यामराको जाँच, बस स्ट्याण्ड, रेलवे स्टेशन, अटो-ई-रिक्शा स्ट्याण्डमा फोटो देखाएर पहिचान गरायो। यस बाहेक अस्पताल, बस ड्राइभर, दोकानदार तथा स्थानीय सुराकीहरूको सहयोग लिइयो।
डीसीपी अनुसार दक्षिण-पश्चिम जिल्ला पुलिसले एक जनवरीदेखि 31 अगस्तसम्ममा 931 जना बेपत्ता भएका मानिसहरूलाई खोजेर निकालिसकेका छन् जसमा 306 जना नाबालिक र 625 जना वयस्क सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा