नयाँ दिल्ली, 2 सेप्टेम्बर (हि.स.)। 'राधा स्वामी सत्संग, ब्यास'- का डेरा प्रमुख बाबा गुरिन्दर सिंह ढिल्लोले मंगलवार दिल्लीस्थित मुख्यमन्त्रीको जनसेवा सदनको दौड़ाह गरे। मुख्मन्त्री रेखा गुप्ताले एक्समा यस भेटको जानकारी साझा गरिन्।
रेखा गुप्तले भनिन्, पूज्य बाबाको आशीर्वादले सदन साँच्चै धन्य भएको छ। बाबाको दर्शनबाट यो संकल्प अझ प्रबल भएको छ कि जनसेवा र आध्यात्मिक सेवा एका-अर्काको पूरक हो। यही मार्गले हाम्रो राष्ट्र अनि समाजलाई वास्तविक समृद्धि तथा कल्याण तर्फ दोहोऱ्याउनेछ।
गुप्ताले बताइन्, डेरा ब्यास सेवालाई करूणा एवं मानवताका शाश्वत मूल्यहरूको प्रतीक मानिन्छ। पूज्य गुरूदेवको वाणीमा प्रेम अनि आशीर्वादको सन्देश झल्किन्छ भने उनका प्रवचनहरूबाट समाजलाई एकजुट भएर श्रेष्ठ मार्गमा अगाड़ि बढ़्ने प्रेरणा मिल्छ।
रेखा गुप्ताले भनिन्, उनी सदैव समाजका हरेक वर्गसित सम्वादलाई कायम राख्नका लागि प्रतिबद्ध छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा