आईसीको चौकीमा स्कूले छात्रा, पुलिस दिवसमा अभिनव पहल
आईसीको चौकीमा स्कूले छात्रा, पुलिस दिवसमा अभिनव पहल


जलपाईगुड़ी, 02 सेप्टेम्बर (हि.स.)। फिल्म 'नायक'- मा अभिनेता अनिल कपूरले 24 घण्टाको लागि मुख्यमन्त्री भएर राज्यको शासन व्यवस्थामा परिवर्तन गरेका थिए। तथापि यसमाथि प्रश्न उठ्दै आएको छ कि फिल्मको कथामा जस्तै कुनै राज्यमा परिवर्तन ल्याउनु वास्तवमै सम्भव छ र? तर दर्शकहरूले आज पनि उनको अभिनयलाई सम्झन्छन्।

पुलिस दिवसको अवसरमा यस्तै किसिमको पहल गरियो जहाँ कक्षा दशौंकी छात्रा प्रियादत्ता गुहालाई एक घण्टाको लागि कोतवाली थाना संचालन गर्नको लागि प्रभारी निरीक्षक (आईसी)-को जिम्मेवारी दिइयो। उनले अनिल कपूरले जस्तै प्रशासनिक व्यवस्थामा परिवर्तन ल्याउने चेष्टा गरिन्, तर अंग्रेजी माध्यमको स्कूलकी छात्रा प्रियादत्ता पुलिसले प्रत्येक दिन के गर्नुपर्छ, यस बारेमा बुनियादी जानकारी पाएर प्रभावित भइन्।

पुलिस स्टेशनको आईसीको चौकीमा बसेरा प्रियादत्ताले सामुदायिक पुलिसिंगका फाइलहरूको अवलोकन गरिन् अनि थानामा सिकायत गर्न आएका आम मानिसहरूको समस्यालाई सुनेर आफ्नो सुझाउ पनि दिइन्। जलपाईगुड़ी जिल्ला पुलिसद्वारा पुलिस दिवस मनाउने पहलको सम्बन्धित स्कूलका शिक्षक एवं अभिभावकहरूले सराहना गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande