जीएमसीएचका डाक्टरहरू सहित सात जना निलम्बित, दुई पीजी प्रशिक्षणार्थी रेस्टिकेटेड
जीएमसीएचका डाक्टरहरू सहित सात जना निलम्बित, दुई पीजी प्रशिक्षणार्थी रेस्टिकेटेड


गुवाहाटी, 02 सेप्टेम्बर (हि.स.)। गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटल (जीएमसीएच)-गत 18 अगस्तको दिन नवजात शिशुको मृत्यु भएको मामिलामा असम सरकारले कड़ा अनुशासनात्मक कारबाही गरेको छ।

घटनाको जाँचमा गड़बड़ी एवं रेकर्डमा धाँधली पाइएपछि वरिष्ठ डा. अनुपमा डेका, डा. दिपांकर हजारिका, डा. पूजा, नर्स-इन-चार्ज गोमती देवी, आईसीयू तकनीशियन ईशानज्योति तालुकदार तथा स्टाफ नर्स चन्दना नाथ सहित मोठ सातजना कर्मचारीहरूलाई 6 महिनाको लागि निलम्बित गरिएको छ। यस अतिरिक्त बाल रोग विभागका दुई पीजी प्रशिक्षणार्थी क्रमैले द्वितीय वर्षका डा. हृषिकेश ठाकुरिया र प्रथम वर्षकी डा. पूजालाई गम्भीर कदाचार, कर्तव्यलाई उपेक्षा गरेको एवं रेकर्डमा हेरफेर गरेको आरोपमा श्रीमन्त शंकरदेव यूनिभर्सिटी अफ फेल्थ साइन्सेजले 6 महिनाको लागि रेस्टिकेट गरिदिएको छ।

उल्लेखनीय छ, चार दिनपूर्व जन्मेका शिशुलाई संक्रमण तथा जण्डिस भएको कारण भर्ती गरिएको थियो, तर उसलाई एनआईसीयूमा मेडिकल उपकरणहरूको तारहरूले झुण्डाएर राखेको पाइयो। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अस्पतालको निरीक्षण गरी लापरवाही भएको पुष्टि गरेका थिए साथै कड़ा कारबाही गर्ने आश्वासन दिएका थिए। उनले भनेका थिए, “मैले स्वयं लापरवाही भएको देखेँ। एकजना शिशुको मृत्यु भयो। नर्सहरू स्वयं आमा हुन्, उनीहरूले यस पीड़ालाई अझ गहिराइ पूर्वक बुझ्न सक्छन्।”

अधिकारीहरूले भने, यो कारबाही सरकारको जवाफदेही तय गर्ने अनि रोगीहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धताको अंग हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande