श्रावणी दत्त मेयर परिषद पदबाट निष्कासित
श्रावणी दत्त मेयर परिषद पदबाट निष्कासित


सिलगढ़ी, 02 सेप्टेम्बर (हि.स.)। सिलगढ़ीको 14 नम्बर वार्डस्थित आश्रमपाड़ामा भएको विवाद मामिलामा श्रावणी दत्तलाई मेयर परिषद पदबाट निष्कासित गरिएको छ। सिलगढ़ी नगरनिगमका मेयर गौतम देवले मंगलवार पत्रकार सम्मेलन आयोजना गरी यस आशयको घोषणा गरे। अब मेयरले नै श्रावणीको कार्यभार सम्हाल्नेछन्।

उल्लेखनीय छ, गत आइतवार राति गणेस पूजा विसर्जनपछि आश्रमपाड़ामा श्रावणी दत्त र तिनका कार्यकर्ताहरूसित स्थानीय मानिसहरूको विवाद भएको थियो। आरोप छ, त्यसबेला श्रावणी मातेकी थिइन्।

आरोप छ, केही मानिसहरूमाथि हमला पनि गरिएको थियो जसले गर्दा क्षेत्रमा तनाउ व्याप्त भएको थियो। घटनापछि मेयर पनि घटनास्थलमा पुगेका थिए। गए सोमवार स्थानीय मानिसहरूले मेयरसित भेट गरे। त्यसपछि पार्टीका अन्य पार्षद एवं मेयर परिषदहरूसित बैठक गरी मामिलाको जानकारी प्रदेश नेतृत्वलाई दिइयो। सोही आदेश अनुसार श्रावणी दत्तलाई मेयर परिषदको पदबाट निष्कासित गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande