इम्फाल, 02 सेप्टेम्बर (हि.स.)। मणिपुरबाट राज्यसभा सांसद सनाजाओबा लईशेम्बाको प्यालेस कम्पाउण्डस्थित आवास नजिकबाट सुरक्षा बलहरूले दुई वटा ह्याण्ड ग्रेनेड जफत गरेका छन्। स्थानीय पुलिसले मामिला दर्ता गरी अग्रिम कानूनी कारबाही गरिरहेको छ।
मणिपुर पुलिसको आधिकारिक सूत्रले मंगलवार बतायो, यी ग्रेनेडहरू बाल विद्यापीठ मन्दिर स्कूलको मुख्य द्वारमा भेटिएको हो जुन सांसदको घरदेखि मात्र 50 मीटरको दूरत्वमा अवस्थित छ। विद्यालयमा तैनाथ केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)-का जवानहरूले यसलाई देखेपछि तत्कालै अधिकारीहरूलाई सूचित गरे। त्यसपछि बम निष्क्रिय दल घटनास्थलमा पुगेर ग्रेनेडको जाँचमा जुट्यो। पुष्टि भयो कि यसमा डिटोनेटर लगाइएको थिएन, त्यसैले यसलाई सक्रिय बनाउन सकिँदैनथ्यो।
पुलिसले परोंपट थानामा मामिला दर्ता गरेको छ अनि घटनाको निम्ति जिम्मेवार समूह एवं उद्देश्यको बारेमा पत्तो लगाउन जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा