वैष्णो देवी यात्रा लगातार आठौं दिन पनि घना वर्षा एवं पैह्रोको कारण स्थगित
वैष्णो देवी यात्रा लगातार आठौं दिन पनि घना वर्षा एवं पैह्रोको कारण स्थगित


जम्मू, 2 सेप्टेम्बर (हि.स.)। रियासी जिल्लाको त्रिकुट पर्वतमा प्रतिकूल मौसमको कारणले श्री माता वैष्णो देवी यात्राको आठौं दिन मंगलवार पनि स्थगित रह्यो। प्रशासनले लगातार वर्षा, पैह्रो एवं अचानक आएको बाढ़ीलाई मध्यनजर गर्दै कटरा बेस क्याम्पदेखि श्रद्धालुहरूको आवागमनमाथि रोक लगाइदिएको छ। यात्रा स्थगित भएपछि बेस क्याम्प एवं यस वरपरका क्षेत्रहरू सुनसान भएका छन्। कतिपय भक्तहरू पुनः यात्रा शुरू हुने दिनको प्रतीक्षामा बसेका छन्।

रेसी जिल्ला प्रशासन एवं मन्दिर बोर्डका अधिकारीहरूले स्थितिमाथि निगरानि राखिरहेका छन् साथै क्षतिग्रस्त मार्ग अनि सड़कहरूको मरम्मत कार्य जारी छ। गत 27 अगस्तमा घना वर्षाको कारणले गएको पैह्रोपछि वैष्णो देवी यात्रालाई स्थगित गरिएको थियो। यस घटनामा 34 जना मानिसहरूको मृत्यु भएको थियो। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाको जाँचको निम्ति तीन सदस्यीय उच्च स्तरीय समिति गठन गरेका छन्। समितिको अध्यक्षता जल शक्ति विभागका अतिरिक्त मुख्य सचिव शलिन काबराले गर्नेछन् जसमा डिभीजनल कमिश्नर औ जम्मूका पुलिस महानिरीक्षक सामेल छन्। समितिलाई घटनाको कारण एवं चूकको विश्लेषण गर्न, बचाउ अनि राहतको समीक्षा गर्न तथा भविष्यमा यस्ता घटनाहरूलाई रोक्नको लागि उचित एसओपी एवं उपाय सुझाउने कार्य सुम्पिइएको छ। समितिलाई दुई साताभित्रमा रिपोर्ट प्रस्तुत गर्न भनिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande